प्रणव मुखर्जीले नेपालको संविधानका लागि बधाई दिए

प्रणव मुखर्जीले नेपालको संविधानका लागि बधाई दिए

प्रणव मुखर्जीले नेपालको संविधानका लागि बधाई दिए

नेपालले नयाँ संविधान जारी गरेको एक वर्षभन्दा बढी समयपछि भारतले पहिलोपटक उच्च तहबाट स्पष्ट शब्दमा बधाई दिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
तीनदिने राजकीय भ्रमणका लागि काठमाण्डू आइपुगेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आफ्नी नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा नेपालले संविधान जारी गरेकोमा स्वागत गरे।
अधिकारीहरुका अनुसार मुखर्जीले बुधबार नै प्रधानमन्त्री प्रचण्ड तथा उपराष्ट्रपति नन्दबहादुर पुनसँग द्विपक्षीय सम्बन्ध र आपसी हित लगायतका विषयमा छलफल गरेका छन्।
गत असोज ३ गते नेपालको संविधानसभाले नयाँ संविधान जारी गरेकोमा विभिन्न मुलुकले बधाई दिइरहँदा रुष्ट देखिएको भारतले आफूलाई जानकारीमा आएको मात्रै बताएको थियो।