रैलीमा र्ट्रम्पमाथि प्रहारको प्रयास

रैलीमा र्ट्रम्पमाथि प्रहारको प्रयास

रैलीमा र्ट्रम्पमाथि प्रहारको प्रयास

अमेरिकामा राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प नेवादाको रेनोमा एउटा र्रैलीलाई सम्बोधन गरिरहेका थिए, त्यहीबेला भीडमा उनले एकजना संदिग्ध व्यक्तिलाई देखे । ट्रम्प एकाएक भाषण रोकेर त्यसतर्फ हेर्न थाले ।

ट्रम्प रोकिएको निमेशभरमै सुरक्षाकर्मीहरुले मञ्चमा पुगेर ट्रम्पलाई धकेल्दै मञ्चको भित्रतिर लगेर लुकाए ।

एक व्यक्ति मञ्चबाट भीडतिर कुदेको देखियो । सुरक्षाकर्मीहरुले कार्यक्रमस्थलमा एक व्यक्तिलाई भुईँमा लडाएर शरीरको तलासी लिए ।

केहीबेरपछि स्थिति सम्हालियो । र, ट्रम्पले मञ्चमा आएर फेरि भाषण सुरु गरे । उनले सुरक्षाकर्मीहरुले चाँडै काम गरेर आफ्नो व्यवसायिकता देखाएको भन्दै मञ्चबाटै धन्यवाद दिए ।
भीडबाट सुरक्षाकर्मीले एक व्यक्तिलाई पक्रेर बाहिर लगेपछि ट्रम्पले भाषण गर्न थाले । उनको भाषण उत्तेजक बन्यो र कार्यकर्ताले तालीले स्वागत गरे ।

घटना लगत्तै ट्रम्पका पुत्र डोनाल्ड ट्रम्प जुनियरले टि्वट गर्दै भनेका छन्-‘मेरा पिताले फेरि देखाएका छन् कि उनी डटिरहन्छन् र तपाईहरुका लागि निरन्तर लडिरहन्छन् ।’

उनले आफ्नो पिताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई परिवारका तर्फबाट धन्यवाद दिएका छन् ।  अमेरिकामा मंगलबार राष्ट्रपतिको चुनाव हुँदैछ ।