iner -->

थाहा छैन केलाई विश्वास गर्ने: हिलारी क्लिन्टन

थाहा छैन केलाई विश्वास गर्ने: हिलारी क्लिन्टन

थाहा छैन केलाई विश्वास गर्ने: हिलारी क्लिन्टन

अमेरिकाको राष्ट्रपतीय चुनावकी प्रत्यासी हिलरी क्लिन्टनले त्यहाँको अनुसन्धान निकाय एफबीआइले उनको इमेल प्रयोगका बारेमा अनुसन्धान भइरहेको विषय खुलासा गर्नुलाई अनौठो भनेकी छिन्।
चुनावी प्रचारप्रसारका क्रममा बोल्दै क्लिन्टनले चुनाव हुन दुई सप्ताह भन्दा कम समय बाँकी रहेको बेला थोरै सूचनाको आधारमा उक्त अनुसन्धानको घोषणा गर्नु अनौठो भएको बताइन्।
एफबिआइका निर्देशक जेम्स कोमीले चुनाव हुनु ११ दिन अघि शुक्रबार क्लिन्टनको इमेल प्रयोगसम्बन्धी अनुसन्धान भइरहेको विषय संसदलाई जानकारी गराएका थिए।
कोमीले संसदलाई लेखेको पत्रमा, हिलरी क्लिन्टनले विदेशमन्त्री हुँदा गोप्य सूचनाको व्यवस्थापनमा हेलचक्रयाइं गरेको हुनसक्ने विषयमा भएको अनुसन्धानसँग सम्बन्धित ठानिएका नयाँ इमेलहरु प्राप्त भएको उल्लेख गरिएको थियो।
कोमीले आफ्नो उक्त कदमको बचाउ गर्दै भनेका छन्, यदि अनुसन्धानसम्बन्धी विषय सार्वजनिक नगरेको भए त्यो भ्रामक हुनसक्थ्यो र त्यसलाई गलत रुपमा बुझ्न सकिन्थ्यो।
उनले भनिन्, 'हामीलाई थाहा छैन केलाई विश्वास गर्ने हो। र, म पक्का छु यस्ता अफवाहहरु अझ धेरै हुनेछन्। त्यसैले एफबीआइले जे भनिरहेको छ त्यसबारे हामीलाई स्पष्ट पार्न उ नैतिक रुपमा बाध्य छ।'