iner -->

काठमाडौं उपत्यकाका स्कुलमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ

काठमाडौं उपत्यकाका स्कुलमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ

काठमाडौंः एक महिनाअघि काठमाडौं र ललितपुरका विद्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत असोज ४ गते काठमाडौं र ललितपुरका विद्यालयमा गराइएको बम विष्फोटका मुख्य योजनाकार केशव दाहाल र मीन देवकोटालाई प्रहरीले गएराति पक्राउ गरेको हो। पक्राउ परेका दाहाल क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका महासचिव हुन् भने देवकोटा सोही पार्टीको विद्यार्थी संगठनका संयोजक हुन्। बम विष्फोट गराइएका र बम राखिएका विद्यालय परिसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामको पर्चा भेटिएको थियो। महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले बम विष्फोटका मूख्य योजनाकार उनीहरुलाई काभ्रेको एक घरबाट पक्राउ गरेको हो। गएराति पक्राउ परेका उनीहरुलाई शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ