iner -->

एमाले र माओवादीका १५७ सांसदले दर्ता गराए लोकमानविरुद्ध महाअभियोग प्रस्ताव

एमाले र माओवादीका १५७ सांसदले दर्ता गराए लोकमानविरुद्ध महाअभियोग प्रस्ताव

एमाले र माओवादीका १५७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा बुधबार साँझ पौने ५ बजे महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका छन् । एमाले–माओवादीका नेताहरुले महाअभियोगबारे कांग्रेससँग पनि प्रारम्भिक छलफल गरेका छन् ।