iner -->

आज जनकपुर र पोखरा जाने प्रणव मुखर्जी

आज जनकपुर र पोखरा जाने प्रणव मुखर्जी

आज जनकपुर र पोखरा जाने प्रणव मुखर्जी

आज जनकपुर र पोखराको भ्रमणमा जाँदैछन् तीन दिने नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी
राष्ट्रपतिको भ्रमण तालिका अनुसार मुखर्जी पहिले जनकपुर पुगेर त्यहाँ आयोजित कार्यक्रममा सहभागी भइ पोखरा जाने कार्यक्रम छ ।
जनकपुरको जानकी मन्दिरमा मुखर्जीले मन्दिर दर्शनका साथै विशेष पूजा गर्ने कार्यक्रम छ । त्यस्तै जनकपुर उपमहानगरपालिकाले तिरहुतिया गाछीमा आयोजना गर्ने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।
मुखर्जीको स्वागतका लागि जनकपुरको विमानस्थलदेखि जानकी मन्दिरसम्म प्रत्येक ७० मिटरको दूरीमा स्वागतद्वार बनाइएका छन् । तीन किलोमिटरको दूरीमा ४५ भन्दा बढी गेट बनाइएको छ । मुखर्जीले पूजा गर्ने भएपछि जानकी मन्दिर परिसरमा पनि राम्रो सरसफाइ गरिएको छ ।
मुखर्जी बुद्ध एयरको विशेष विमानमार्फत आज जनकपुर जाने कार्यक्रम छ ।