iner -->

‘देउवाले मोदीलाई एक्लै भेट्दा शंका किन’- प्रकाश शरण महत

‘देउवाले मोदीलाई एक्लै भेट्दा शंका किन’- प्रकाश शरण महत


'देउवाले मोदीलाई एक्लै भेट्दा शंका किन'- प्रकाश शरण महत 

दिल्ली भ्रमणलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विवादमा तानिएका छन् । तर, मन्त्री प्रकाशशरण महतले भने देउवाको बचाउ गरेका छन्।
एक चीन नीतिविरुद्ध हुने गरी गोवामा निर्वासित तिब्बती प्रधानमन्त्रीसँगै कार्यक्रममा सहभागी भएको देउवाको आलोचना भइरहेको छ । साथै मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न नेपाली दूताबासका प्रनितिधिलाई उपस्थित नगराएकोमा पनि पूर्व प्रधानमन्त्री देउवाको आलोचना भएको छ ।
तर, मंगलबार भारतीयमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री महतले कांग्रेस सभापति देउवाको बचाउ गरेका छन् ।
भेटमा भारतीय प्रधानमन्त्री मोदीको साथमा भारतस्थित अधिकारीहरु, सल्लाहकार र सुरक्षा प्रतिनिधी समेत सहभागी थिए भने देउवाले दूताबासका प्रतिनिधि थिएनन्, देउवा पत्नी आरजू भने थिइन् ।
यसबारे सोधिएको प्रश्नमा कांग्रेस नेता समेत रहेका महतले पार्टी सभापति देउवाको बचाउ गर्दै नेताहरुले दूताबासका प्रतिनिधि विना नै विदेशी पदाधिकारीहरुसँग एक्लै भेट्न सक्ने बताए । उनले भने, हरेक भेटमा परराष्ट्रका कर्मचारी हुनै पर्छ भन्ने छैन । राख्दा राम्रो हो तर, नराखेर केही विग्रंदैन ।’
उनले अघि भने, ‘प्रधानमन्त्रीले पनि भारतका प्रधानमन्त्रीसँग वान टु वान भेट्नु भएको हो, त्यो बारे बहस भएन । आज सभापति देउवाले एक्लै भेट्दा किन शंका गरिन्छ ?’