iner -->

राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने

राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने

राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने

राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन् । 

२ नवेम्बर बिहान ८ बजे राष्ट्रपति मुखर्जीले आधा घण्टा पशुपतिनाथ मन्दिरको दर्शन गरी पूजाआजा गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनले जानकारी दिए । ‘मन्दिर प्रांगणमा रहेका देवीदेवताको पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम छ,’ उनले भने । 

दर्शनका क्रममा नेपाल वेदविद्याश्रम र स्वर्गद्वारी आश्रमका विद्यार्थीले द्रव्यश्वर मण्डपमा वैदिक मन्त्रोच्चारण गर्नेछन् । त्यसैगरी सत्यनारायण मन्दिर परिसरमा गार्गी कन्या गुरुकुलका छात्राले वैदिक मन्त्रोच्चारण गर्नेछन् । पशुपति कोषका ब्राहमणले रुद्री पाठ गर्ने कार्यक्रमसमेत रहेको उनले जानकारी दिए । त्यसपछि कोषको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उनले बताए । कोषले भारतीय राष्ट्रपतिलाई शिवजी अंकित नटराजको काष्ठ कालीगढयुक्त मूर्ति उपहार दिनेसमेत उनले बताए।