iner -->

अनारका अनेक फाइदा

अनारका अनेक फाइदा

अनारका अनेक फाइदा

अनार हरेक प्रकारको रोगमा खाने गरिन्छ । स्वास्थ्य सम्बन्धी गुणका कारण यो अमेरिकामा समेत अत्यन्त लोकप्रिय छ ।

अनारमा प्रचूर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खाँदा हाम्रो शरीरलाई करिब ६५ किलो क्यालोरी ऊर्जा प्राप्त हुन्छ । 
अनारको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउन गरिन्छ । 

अनार रक्तसञ्चारसम्बद्ध रोगहरूसँग राम्ररी जुध्ने गर्छ । यसले उच्च रक्तचाप घटाउँछ, सुन्निएको वा डढेको अंगलाई राहत पुर्‍याउँछ, गठियाँ तथा बाथ रोगको सम्भावना कम गर्छ । यसले जोर्नीको दुखाइमा समेत आराम दिन्छ । यो फल क्यान्सर रोकथाममा सहयोगी मानिन्छ । 

अनारबारे थुप्रै अध्ययन–अनुसन्धान भएका छन् । इजरायलमा हाइफा विश्वविद्यालयका प्रा. एफ्राइम लास्कीले अनारमा पाइने उपयोगी तत्त्वले शरीरको रोग प्रतिरोधी प्रणालीको रक्षा गर्ने पत्ता लगाएका छन् । उक्त अध्ययनअनुसार अनारमा पाइने भिटामिन, खनिज तत्त्व र एन्टिअक्सिडेन्ट अर्थात् अक्सिकरणरोधक पदार्थले रुघा, खोकी, फ्लुमा प्रत्यक्ष अनुभव गर्न सकिने खालको आराम पुर्‍याउँछ । 

अनारले छाला, स्तन, प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूको पत्रिकाले हालै लेखेको छ— अनारको रसले वृद्घावस्थामा हुने रोग अल्झाइमरको सम्भावनामा समेत कमी ल्याउँछ । 

अनारमा एन्टिअक्सिडेन्ट धेरै मात्रामा हुन्छ । यही कारण यसमा धेरै स्वास्थ्यवद्र्धक गुण पाइने गरेको हो । एन्टिअक्सिडेन्ट भनेको यस्तो यौगिक हो, जसले शरीरमा मेटाबोलिज्म क्रियाका बेला उत्पन्न हुने तथाकथित फ्री र्‍याडिकल्सलाई बाँधेर त्यसपछिको रासायनिक क्रियालाई रोक्छ । वैज्ञानिकहरूका अनुसार, अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तीनदेखि चार गुणासम्म बढी पोलिफेलोन जस्तो एन्टिअक्सिडेन्ट हुन्छ, जसले फ्री र्‍याडिकल्सलाई बाँध्ने काम गर्छ । 

विभिन्न प्रयोगहरूमा उल्लेख भए अनुसार, अनार एक वर्षसम्म लगातार खाँदा आर्टेरियोस्क्लेरासिस अर्थात् धमनी सम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशतसम्म घट्यो । यस्तै, उच्च रक्तचाप २१ प्रतिशतसम्म तल आयो र हृदयनजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाहमा तीन महिनामै १७ प्रतिशतसम्म सुधार देखियो । 

अनारले बुढयौलीलाई परपर सार्छ । यसले महिलामा मातृत्वको सम्भावना र पुरुषमा पुरुषत्त्वसमेत बढाउँछ । फ्री र्‍याडिकल्सलाई बाँधेर निस्क्रिय बनाउने अनारको क्षमताका कारण शरीरको बूढो हुने गतिसमेत मत्थर हुन्छ र रजोनिवृत्तिका बेला महिलामा हुने समस्या कम हुन्छ ।