iner -->

बक्स ओफिस रिपोर्ट: ‘शिवाय’ र ‘ए दिल हे मुश्किल’

बक्स ओफिस रिपोर्ट: ‘शिवाय’ र ‘ए दिल हे मुश्किल’

बक्स ओफिस रिपोर्ट: ‘शिवाय’ र ‘ए दिल हे मुश्किल’

बलिउडमा दिवालीको अवसरमा २ चलचित्रविच कडा टक्कर देखिएको छ । शुक्रबारबाट रिलिज भएका चलचित्र ‘शिवाय’ र ‘ए दिल हे मुश्किल’ विच बक्स अफिसमा कडा टक्कर देखिएको छ ।

धेरैको अपेक्षा र अनुमान विपरित ‘ए दिल हे मुश्किल’ले बक्स अफिसमा उत्कृष्ट सुरुवात गरेको छ । करण जोहर निर्देशित चलचित्र ‘ए दिल हे मुश्किल’ले मल्टिप्लेक्समा धेरै हल पाएको छ । अजय देवगण निर्देशित तथा अभिनित चलचित्र ‘शिवाय’लेपनि सिंगल थिएटरमा धेरै हल पाएको छ ।

शुक्रबार चलचित्र ‘ए दिल हे मुश्किल’ले १३.३० करोडको कारोबार गरेको छ । ओभरसिजमा यो चलचित्रको कमाई २० करोड माथि छ । रणवीर कपुर, ऐश्वर्या राय, अनुष्का शर्मा, फवाद खानको मुख्य भूमिका रहेको यो चलचित्रमा नायक साहरुख खानको केमियो भूमिका छ । तर, साहरुखको ३ मिनेट लामो केमियोले नै अहिले सबैभन्दा बढी चर्चा पाइरहेको छ ।

अजयको ‘शिवाय’ले पहिलो दिन १०.२४ करोडको कारोबार गरेको छ । महंगो बजेटमा बनेको यो चलचित्रको ओपनिङ व्यापार केहि कमजोर देखिएको छ । ओभरसिजमा पनि चलचित्रको सुरुवात कमजोर छ । तर, दिवालीको बिदाका कारण पनि दुबै चलचित्रले बक्स अफिसमा दर्शक तान्ने अनुमान लगाइएको छ ।