iner -->

‘पुरानो डुङ्गा’ चलचित्रको ट्रेलर  आइसकेको छ

‘पुरानो डुङ्गा’ चलचित्रको ट्रेलर  आइसकेको छ

युवा निर्देशक रामबाबु गुरुङको फिल्म ‘पुरानो डुङ्गा’को ट्रेलर सार्वजनिक भएको छ । आगामी मंसिर १० गतेदेखि प्रदर्शनमा आउने फिल्मको अफिसियल ट्रेलर युट्यूबमार्फत सार्वजनिक गरिएको हो । फिल्ममा दयाहाङ राई, प्रियंका र्की, माओत्से गुरुङ, मेनुका प्रधानलगायत मूख्य भूमिकामा छन् । सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङले फिल्म निर्माण गरेका हुन् । रामबाबुले ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ जस्ता सफल फिल्म निर्देशन गरेका छन् ।