iner -->

चलचित्र बीरबीक्रम  युएइका  १४ हलमा प्रदर्सन गरिने

 चलचित्र बीरबीक्रम  युएइका  १४ हलमा प्रदर्सन गरिने
गत सुक्रबारदेखि दयाहाङ राई अभिनित कथानक चलचित्र ‘बिर बिक्रम’ युएईमा रहेका प्रमुख सहरहरुमा एकैसाथ प्रदर्सनमा आएको छ ।युएइमा कार्यरत करिब ४ लाख नेपाली कामदारलाइ लक्षित गर्दै कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले युएईमा नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन गर्ने ब्यबस्था मिलाएको छ । १४ अक्टोबर शुक्रबारदेखि विधिवत प्रदर्शन सुरु भएको छ ।नेपालीहरुको जमघट हुने स्थान तथा युएइको मुटु मानिने बर दुबई स्थित क्यारिफोर सिटि सेन्टरमा रहेको भोक्स सिन्धगा सिनेमा हलको परिसरमा आयोजित एक कार्यक्रममा नेपाली चलचित्र प्रदर्सनको थालनी गरिएको थियो ।चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई र नेपाली दूतावास अबुधाबीका कार्यबाहक राजदूत नेत्र टन्डनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स प्रालि नेपालका संचालक सालिक सुबेदी, राजन अधिकारी र अनिश सिङ् ठकुरीको सहभागीता थियो । नेपाली चलचित्रलाई प्रबासका नेपालीले माया गर्नेमा बिश्वास लिएको जनाएका थिए । नेपाली दुताबासका नेत्र टन्डनले नेपाली चलचित्रको बजार बढेकोमा खुशी ब्यक्त गर्दै डिष्ट्रिव्युटर्सलाइ युएइको कानुनि तथा अन्य असजिलो पनमा सधैँ साथ दिने कुराको बिस्वास दिलाउदै सुभकामाना ब्यक्त गरे ।चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, नाजिर हुसेनको साथमा नयाँ प्रस्तुतीको रुपमा दीया पुनको मुख्य भूमिका रहेको छ ।पहिलो दिनमै नेपाली दर्सकहरुले देखाएको मायाले खुशीको सिमानै नरहेको कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स मध्यका अनिश सिङ् ठकुरीले बताए । सुरुका बिहिबार, शुक्रबार र शनिबार गरि हप्तामा ३ दिन १४ ओटै हलमा नेपाली चलचित्र प्रदर्सन गर्ने जनाएका छन् ।