iner -->

एनडीटीभीको प्रसारणमा रोक: एडिटर्स गिल्ड अफ इन्डियाको निन्दा

एनडीटीभीको प्रसारणमा रोक: एडिटर्स गिल्ड अफ इन्डियाको निन्दा

एनडीटीभीको प्रसारणमा रोक: एडिटर्स गिल्ड अफ इन्डियाको निन्दा
टीभी च्यानल एनडीटीभीको प्रसारण २४ घन्टा रोक्ने भारत सरकारको निर्णयप्रति एडिटर्स गिल्ड अफ इन्डियाले आपत्ति प्रकट गरेको छ । भारतका वरिष्ठ सम्पादकहरूको संगठनले सरकारको प्रसारणमा रोक लगाउने जस्तो 'कहिल्यै नभएको निर्णय' को निन्दा गर्दै त्यसलाई तत्काल रद्द गर्न आग्रह गरेको छ ।
टेलिभिजन प्रशारण २४ घन्टा रोक्ने आदेशपछि केन्द्र सरकारको चौतर्फी आलोचना भएको छ ।समाचार च्यानल एनडीटीभीलाई उसले प्रसारण गरेको पठानकोट आतंकवादी आक्रमणसम्बन्धी सामग्रीका कारण २४ घन्टा प्रसारणमा रोक लगाउने निर्णय भारतको सूचना प्रसारण मन्त्रालयले गरेको थियो । समाचार च्यानल एनडीटीभीलाई नोभेम्बर ९ का दिन २४ घन्टा प्रसारण गर्न रोक लगाएको छ ।
भारतीय प्रसारण माध्यमकै इतिहासमा आतंकवादी आक्रमणसँग सम्बन्धित सामग्री प्रसारण गरेबापत टेलिभिजन प्रसारणमा रोक लगाएको यो पहिलो घटना मानिएको छ ।
सूचना प्रसारण मन्त्रालयले पठानकोटमा भएको आतंकवादी आक्रमणका विषयमा एनडीटीभीले गरेको कभरेजका कारण राष्ट्रिय सुरक्षामामा संकट पुगेको भन्दै २४ घन्टा प्रसारणमा रोक लगाउने निर्णय गरेको थियो ।
मन्त्रालयले एनडीटीभीको हिन्दी सेवाबाट प्रसारण भएको सामग्रीले 'रणनीतिक हिसाबले संवेदनशील सूचनाको सार्वजनिकिकरण' भएको भन्दै कारबाहीस्वरूप उक्त निर्णय गरेको हो ।
सरकारले पठानकोट आक्रमणमा केन्द्रित रही एनडीटीभीले गरेको कभरेजबाट संवेदनशील सूचना आतंकवादीसँग सहजै पुगेको आरोप लगाएको छ ।
टेलिभिजन च्यानलले भने आतंकवादसम्बन्धी कुनै गोप्य सूचना सार्वजनिक नगरेको दाबी गरेको छ । उसले आफ्नो प्रसारित कार्यक्रम निष्पक्ष भएको पनि जिकिर गरेको छ ।
टेलिभिजन च्यानलले भनेको छ, 'टेलिभिजनबाट प्रशारण भएका जति पनि विषयवस्तु बाहिर आएका छन् । ती सबै पहिले सार्वजनिक भएका विषयवस्तु हुन् ।'
पञ्जाबको पठानकोटस्थित एयर फोर्स बेसमा गत जनवरीमा आतंकवादी आक्रमण भएको थियो । आतंकवादी आक्रमणमा सातजना सैनिक तथा पाँचजना आतंकवादीको मृत्यु भएको थियो । भारतले पठानकोट आक्रमणमा पाकिस्तानमा क्रियाशील जैसे इ मोहम्मदको हात रहेको आरोप लगाउँदै आएको छ ।